
हुलाकी न्यूज, रुपन्देही ५ भदौ । सद्भावना पार्टी निकट प्रेस मञ्चको शाखा कार्यालय रुपन्देही जिल्लामा पनि गठन भएको छ ।
नेपाल सीएलसी परियोजना फिल्ड अफिस लुम्बिनीको सभाहलमा मंचका केन्द्रिय संयोजक संतोष पटेलको सभापतित्वमा बसेको बैठकले विशाल मौर्याको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
समितिको सचिवमा पशुपति यादव, कोषाध्यक्ष सुकई कोहार रहेका छन् । समितिको सल्लाहकारमा प्रहलाद यादव रहेका छन् ।
यसैगरी, आजै बसेको बैठकले रुपन्देहीका क्रियाशील पत्रकार रामविकास चौधरीलाई सदभावना पत्रकार मंचको केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको केन्द्रीय संयोजक पटेलले बताए ।
बैठकमा सद्भावना पार्टीका सहमहासचिव सुरेन्द्र कुर्मी, केन्द्रीय सदस्य मनमोहन चौधरी, सिद्धार्थ एफ.एमका प्रहलाद यादव, सप्ताहिक भैरहवाका रामबिकास चौधरी, मेचीकालीका बिशाल मौर्या, बुटवल टुडेका बिन्दु कुमार चौहान, बिरेन्द्र कुमार मिश्रा, सप्ताहिक भैरहवाका पशुपति यादव, सिद्धार्थ एफ.एमका बिष्णु प्रसाद यादव, सदभावना पार्टीका पूर्वक्षेत्रीय अध्यक्ष शैलेन्द्र श्रीवास्तव, जिल्लाका अगुवा नेताहरु गंगाराम कार्की घनश्याम गुप्ता, संजय कहार, पप्पु पासवान, राधेश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।



