
हुलाकी न्यूज, काठमाडौं ५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सीमांकनको समस्या समाधान नभएसम्म स्थानी तहको चुनाव सम्भव नरहेको बताएका छन् ।
कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले प्रदेश सीमांकनको समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने धारणा राखेका छन् ।
उनले संविधान संशोधनका लागि मधेशी दल र अन्य दलहरुसँग पनि सहमति जुटाउनका लागि कांग्रेस लचिलो रहेको बताए ।
कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य र ७५ वटै जिल्ला सभापतिहरुको सहभागीता रहेको छ ।



