forum saptari
हुलाकी न्यूज, सप्तरी ५ भदौ । मधेश आन्दोलन–३ का शहीद राजीव राउतको सम्झनामा संघीय समाजवादी फोरम नेपालले सप्तरीको भारदहमा स्मृतिसभाको आयोजना गरेको छ ।

सो स्मृतिसभामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो संविधान अपूरो रहेकोले गरी मधेशको मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

संविधान संशोधनमा एमालेको सहमति आवश्यक रहेकोले यादवले एमालेले पनि संविधान संशोधनमा सघाउनुपर्ने बताएका छन् ।
उनले एमाले पार्टी मधेशीको मत लिएर नै दोस्रो ठूलो शक्ति बनेको बताउँदै एमालेले पनि मधेशको माग सम्बोधनका लागि संविधान संशोधनमा सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले मधेशको माग सम्बोधनमा एमालेले सघाउनुपर्ने बताउँदै भने, ‘यदि एमालेलाई मधेश र मधेशी जनता चाहिन्छ भने संशोधनमा सघाउनुपर्छ ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार बनाउन आफूहरुले सहयोग गरेकोले संविधान संशोधनमाथि मधेशको मागहरु पूरा गर्नुपर्ने बताए ।
यदि प्रचण्ड नेतृत्वको सरकारले पनि मधेशको माग सम्बोधन गर्न बेइमानी गरे भने कडा आन्दोलन गर्ने चेतावनीसमेत यादवले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.