women
हुलाकी न्यूज, सिरहा ५ भदौ । बोक्सीको आरोपमा सिरहामा एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

सिरहाको लक्ष्मीपुर–१ की ३० वर्षीया रामदुलारी यादवलाई स्थानीयहरुले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी रामदुलारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

बोक्सीको आरोपमा स्थानीय बेचन महतो, रमविन्द्र महतो, सुलेन महतो, सुर्जा महतो, किसुनदेव महतोले कुटपिट गरेको यादवका ससुरा गढ्वाले जानकारी दिए ।

आमालाई कुटपिट गरेको बेला रोक्न गएको नाती ११ वर्षका भवनाथलाई पनि कुटपिट गरेको छ ।

पीडकहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.