mohan baidya
हुलाकी न्यूज, जनकपुरधाम ५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले मधेशवादी दलहरुमा मधेशको हितभन्दा पनि संसदको मोह हावी भएको आरोप लगाएका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा किरण मधेशी दलहरुमा संसदको मोहका कारण आन्दोलन गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन् ।

उनले मधेशवादी दलहरुको उठाउँदै आएको संविधान संशोधनको मुद्दाले पनि मधेशी जनताको हित नगर्ने बताएका छन् ।

उनले मधेशी दलहरुले मधेशी जनतालाई दिने गरेको धोकाबाट सजग रहन आवश्यक रहेको बताए ।

साथै अध्यक्ष किरणले संविधानमा संशोधन मात्र नभई आमूल परिवर्तनको खाँचो रहेको जिकिर गरेका छन् । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.