tamalopa sarlahi
हुलाकी न्यूज, सर्लाही ४ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीको विभिन्न तहमा भएको महाधिवेशनबाट निर्वाचित सर्लाही जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई तमलोपा सर्लाही कार्यसमितिले सम्मान गरेको छ ।

तमलोपा सर्लाही कार्यसमितिले शनिबार सम्मान कार्यक्रमको आयोजना गरी तमलोपाको महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, महामन्त्री जंगीलाल यादव, सहमहामन्त्री राकेश मिश्र, केन्द्रीय सदस्यहरु सुरेन्द्र तिवारी, अभय सिंह, रामप्रवेश बैठा, सांसद केदारनन्दन चौधरी, दिनेश सिंह, प्रदीप नारायण यादव र चन्दा चौधरीलाई सम्मान गरिएको छ ।

यसैगरी, तराई मधेश विद्यार्थी फ्रन्टको महाधिवेशनबाट निर्वाचित भएका सर्लाहीबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ ।

manish mishra
फ्रन्टका केन्द्रीय अध्यक्ष मनिष मिश्र, उपाध्यक्ष लालबाबु राय र सहमहासचिव मिथलेश यादवलाई सम्मान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.