
हुलाकी न्यूज, काठमाडौं ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विशेष दूत उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणबाट स्वदेश फर्किएका छन् ।
उपप्रम तथा अर्थमन्त्री महरा शनिबार स्वदेश फर्केका छन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि वातावरण बनाउन महरा प्रम प्रचण्डको विशेष दूतका रुपमा चीन गएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे महराले भ्रमण फलदायी र उत्साहपूर्ण रहेको प्रतिक्रिया दिँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको बताए ।
उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण मिति तय भइनसकेको बताए ।



