bridha_dasतिवारी यादव, बारा ३ भदौ । बारा जिल्लाको इनरवाशिरा गाविस वडा नम्बर पाँचका ७३ वर्षीय तपसी दासलाई छोराले घरबाट निकालेको छ ।

बृद्ध दासका अनुसार आफ्नो नाममा रहेको सम्पती छोराले पटक पटक नामसारी गर्न भने पनि आफुले नामसारी नगर्दा घरबाट निकालिएको हो ।

पीडित बृद्ध दासका एक मात्र छोरा गौरी शंकर दासले जग्गा नामसारी गर्न भन्दै चार पटक कुटपिट गरेको बृद्धले हुलाकी न्यूजलाई बताए ।

छोराको कुटपिटबाट ४ पटक हातखुट्टा गहिरो घाउ लागेको र अहिले एउटा आँखासमेत नदेख्ने भएको बृद्धले बताए ।

बृद्धले भने,‘मेरो नाममा घडेरी र खेतीयोग्य जमिन गरी ५ कठा छ र ५ कठा धम्की दिएर विक्री गराएको छ । बाँकी जमीनमा कृषि बिकास बैंक सिमरा शाखाबाट २०६५ सालमा १ लाख ५० हजार कर्जासमेत लिएको छ ।’

प्रहरीलाई बारम्बार हुगार गर्दासमेत न्याय नपाएको भन्दै बृद्धले भने,‘अहिले घरबाट निकालिए पछि पागल जस्तो भौतारिदैछु । मलाई घरमा बस्ने अवस्था बनाई दिनु पर्यो ।’

यता बृद्धका छोरा शंकरले आफुले बुबालाई यातना नदिएको दाबी गरेका छन् । उनले बुबा आफै घरबाट बाहिरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.