Tamalopa1
हुलाकी न्यूज, काठमाडौं ३ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले प्रदेशको सीमाकंनमा सुधार नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने दाबी गरेका छन् ।

शुक्रबार तमलोपाको केन्द्रीय कार्यालयमा पार्टीको भातृ संगठन लोकतान्त्रिक बुद्धिजिवी संघले आयोजना गरेको ‘राज्य पुर्नसंरचना तथा स्थानीय निकाय’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भने,‘अहिले सीमांकनको विषय टुँगो लागेको छैन, यस्तो अवस्थामा सरकारले विभिन्न स्थानीय तहको पुर्नसंरचना गर्दैछ । निर्वाचनको कुरा गर्दैछ । त्यो हामीलाई मान्य छैन ।’

ठाकुरले स्थानीय निकायको चुनाव सीमाकंनको विवाद समाधान भएपछि मात्र गर्न सुझाव दिएका छन् ।

मंसिर तीन गते सरकारले ठुलो कार्यक्रमको आयोजना गर्न लागेको बताउँदै ठाकुरले हामीले संविधान जारी भएको दिन मंसिर ३ गते कालोदिवस मनाउने बताए ।

कार्यक्रममा अधिवक्ता सुरेन्द्र महतो, डा.कृष्ण हाछेथु र विद्याधर मल्लिकले राज्य पुर्नसंरचनाका विषयमा विचार राखेका थिए ।

संघका अध्यक्ष डा.सुरेन्द्र झाले स्थानीय निकायका विषयमा बहस हुन आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको बताए । झाका अनुसार यस विषयमा थप बहस हुँदै जानेछ ।

1 COMMENT

  1. आखिर आएन त्यहि कुरा ? जुन मैले पहिले देखि लेख्दै र भन्दै आएको छु ! यो संबिधानमा संघियता लाई समाप्त पर्ने ठूलो भित्रि जालझेल रहेको छ , बल्ल थाह पाए हाम्रो नेता ज्यू ! अबको बाटो आखिर के त् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.