debbahadur_pandy
हुलाकी न्यूज, काठमाडौं २ भदौ ।
बर्दियाको मैनापोखरमा नेपाल प्रहरीकै मिस फाईरबाट मृत्यु भएका प्रहरी हवल्दार देववहादुर पाण्डे पनि सहिद सुचीमा परेका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले ५२ जनालाई सहिद घोषणा गरेको जसमा ११ जना सुरक्षाकर्मी रहेका छन् ।

गत भदौ १८ गते विहान बर्दियाको मैनापोखरमा प्रहरीले जवर्जस्ती गाडी स्कटिङ्ग गरेर नेपालगंजतर्फ पठाउन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले आन्दोलनकारीलाई लखेट्दै फाईर गर्दा अगाडि रहेका हवल्दार पाण्डेको घुँडामा गोली लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

स्थानीयवासीहरु भन्छन्,‘हवल्दार अगाडि थिए, अरु प्रहरीहरु पछाडि थिए । खेततिर भाग्दै गरेको थारुहरुलाई प्रहरीले गोली हान्न खोज्दा हवल्दारलाई लाग्यो ।’(हुलाकी न्यूजसँग प्रत्यक्षदर्शीहरुको मिडियो उपलब्ध छ)

पाण्डेको मृत्यु प्रहरीकै गोलीबाट भएपनि प्रहरीले मैनापोखर तथा आसपासका गाउँमा प्रवेश गरी पाँच वर्षीय बालिकादेखि बृद्धबद्धालाई समेत कुटपिट गरेका थिए ।

प्रहरीले तत्कालै तीन जना थारु प्रर्दशनकारीलाई पक्राउ पनि गरेको थियो ।

हवल्दार पाण्डेको मृत्यु पश्चात मध्यपश्चिमाञ्चलका डीआईजी केशव अधिकारीसहितको टोलीले तत्कालै अनुगमन गरेको थियो । अनुगमन हवल्दारको मृत्यु प्रहरीकै गोलीबाट भएको कुरा थाहा भएपछि प्रतिवेदन सार्वजनिक गरिएन । आरोपित थारुहरुलाई छोडियो ।

घटना भएको स्थान तत्कालिन गृहमन्त्री बामदेव गौतमको क्षेत्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.