Rambrichh_yadav
हुलाकी न्यूज, जनकपुरधाम २ भदौ ।
माओवादी जनयुद्धको सुरुवात मै विक्रम सम्बत २०५१ साल भदौ २ गते नेपाली काँग्रेसका कार्यकर्ताहरुबाट हत्या गरिएका स्व.रामबृक्ष यादवको स्मृति दिवस विहीबार विभिन्न स्थानमा मनाईदैछ ।

नेकपा माओवादी केन्द्रले यादवको गाउँ धनुषा बरबमझियामा आयोजना गरेको स्मृति सभामा केन्द्रका उपाध्यक्ष रामबहादुर थापा बादल र नेता मातृका यादव सहभागी भएका छन् ।

सहिद यावदको माओवादी जनयुद्धकाल शुरुवातमै विक्रम सम्बत २०५१ साल भदौ २ गते हत्या गरिएको थियो । त्यस्तै सहिद यादवको एक मात्र छोरा शेखर यादवको २०६० साल पौष १५ गते हत्या गरिएको थियो । यता सहिद यादवको पत्नी तथा सभासदसमेत रहेकी रामकुमारी यादवको ०६७ श्रावण ३१ गते ग्याँस सिलिण्डर विस्फोटमा परेर काठमाडौमा निधन भएको थियो । बरमझियामा सहिद यादवको भव्य स्मारक सहितको प्रवेश द्वार समेत बनाइएको छ ।

उक्त प्रवेश द्वारमा तीनै जनाको शालिक राखिएको छ । भदौ २ गते सो स्थानमा पार्टीले निरन्तर प्रत्येक बर्ष तीनै जनाको संयुक्त रुपमा स्मृति सभा मनाउने निर्णय गरेको हो ।

स्मृति सभा मातृका प्रसाद यादब, श्रवण कुमार यादब बरबरिया र महादेव यादबको संयोकत्वमा हुने जनाइएको छ ।

नेकपा–माओवादी(क्रान्तिकारी)ले समेत जनकपुरमै छुट्टै स्मृति सभा गर्दैछ । जनकपुरको गोपाल धर्मशालामा बैद्य पक्ष माओवादीले रामबृक्ष यादबको २२ औं स्मृति सभा मनाउने जनाइएको छ ।

त्यस्तै नयाँ शक्ति नेपालले पनि काठमाडौंमा स्व.यादवको स्मृति दिवस मनाउन लागेको नयाँ शक्तिका नेता रामरिझन यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.