Rajive_raut_sradhanjali
हुलाकी न्यूज, राजविराज २ भदौ ।
तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतको स्मृतिमा पहिलो श्रद्धाञ्जली सभा बुधबार भारदहमा आयोजना गरिएको थियो । स्थानीयबासी तथा स्व.राउतका परिवारले मोर्चाका नेताहरुलाई दुखेसो पोख्नका लागि आतुर थिए ।

तर श्रद्धाञ्जली सभामा मोर्चाका एक जना शिर्ष नेता मात्र पुगेपछि स्थानीयवासी तथा परिवारजन निराश भएका थिए ।

भारदहमा आयोजित श्रद्धाञ्जली सभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहेक मोर्चाका कुनै शिर्ष नेता गएनन् । जवकी राउतको हत्या पश्चात मोर्चामा आवद्ध दलहरुले आ–आफ्नो कार्यकर्ता रहेको दाबी गरेका थिए ।

प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको श्रद्धाञ्जली सभाको अवस्था पनि यस्तै छ । आन्दोलन पश्चात लाहानमा भएको श्रद्धाञ्जली सभामा मोर्चाका नेताहरु सहभागी भएपनि त्यस पश्चात नेताहरुले छुट्टछुटै सभाहरु गर्न थालेका थिए ।

स्व.महतोका परिवारलाई नै मोर्चाका नेताहरुले तानातान गर्न थाले पछि उनका परिवारजन दुखित हुँदै आएका छन् ।

सप्तरीबासीहरुले सहिदको सम्झनामा भएपनि मोर्चाका नेताहरु एकजुट हुनु पर्ने श्रद्धाञ्जली सभाकै मञ्चबाट आग्रह गरे ।

कार्यक्रममा तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.