reporters club
हुलाकी न्यूज, काठमाडौं १ भदौ । नेकपा एमालेका नेता तथा निवर्तमान मन्त्री शेरधन राईले मधेशी मोर्चाले भनेजस्तो सजिलै संविधान संशोधन हुनै नसक्ने ठोकुवा गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता राईले संविधान संशोधनको औचित्यपुर्ण कारणसहित सहमति भएमात्रै एमालेले विचार गर्ने स्पष्ट पारे । उनले भने,‘यो धर्तीमा एमाले पनि छ, हामी जिउँदै छौं ।’

यसैगरी, सूचना तथा सञ्चार मन्त्री राम कार्कीले एमालेले पनि संयमता अपनाउनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘एमालेले अहिलेजस्तै प्रतिक्रिया दिईरहे चुनाव गर्न असम्भव छ ।’

संविधानप्रति असन्तुष्टि राख्ने मधेशी, आदिवासी, जनजाति, थारु लगायतले उठाएका मुद्दालाई सम्बोधन गर्नेगरि सरकारले काम गर्ने उनको विश्वास थियो ।

मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले एमालेले पनि संविधान संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । यादवले भने,‘एमाले जिम्मेवार पार्टी हो, संविधान संशोधन गर्ने कुरामा उसले सहयोग गर्छ, हामीलाई विश्वास छ ।’

मधेशी मोर्चाले अघि सारेका मुद्दाहरु सम्बोधन गर्न दलहरुवीच सहमति र वार्ताको आवश्यक रहेको उनको तर्क थियो । आफूहरुले उठाएका मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा सबैले ग्रहण गर्नुपर्ने यादवको भनाई थियो ।

यादवले आफूहरुलाई कसैलेपनि राष्ट्रवादको पाठ पढाउन नखोजे हुन्छ भन्दै चेतावनी दिए ।

क्लबका अध्यक्ष ऋषि धमलाले नवनियुक्त सञ्चारमन्त्री कार्कीलाई बधाई तथा सफलताको शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.