rajendra mahato11
हुलाकी न्यूज, विराटनगर १ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई अहिले नै सरकारमा जाने हतारो नरहेको कुरा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बुधबार कुराकानी गर्दै महतोले मधेशी मोर्चा/संघीय गठबन्धनसँग कांग्रेस–माओवादी गठबन्धनले गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेसम्म सरकारमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले संविधान संशोधन भएमात्रै संविधान सर्वस्वीकार्य हुने उनको बताए ।
उनले मधेश आन्दोलनका मागहरु सम्बोधन नभइकनै सरकारमा सहभागी हुनु हतारो हुने टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.