हुलाकी न्यूज, काठमाडौं, ३१ भदौ । मधेशमा भइरहेको प्रहरी दमनको विरोधमा संयुक्त राष्ट्र संघको कार्यालय अगाडि मधेशी बुद्धिजिवी, नागरिक समाज र गैरमधेशी बुद्धिजिवीहरुले धर्ना दिएका छन् । बिहिबार दिउँसो १ बजेबाट सुरु भएको धर्ना एक घण्टासम्म चलेको थियो ।

प्रहरीको गोलीले गत मंगलबार भैरहवामा चार वर्षीय नाबालकसहित चार जनाको मृत्यु भएको विरोधमा काठमाडौंस्थित राष्ट्र संघ कार्यालय अगाडि धर्ना दिएको हो ।

यता, भैरहवा घटनाकै विरोधमा मधेशी, थारु, जनजातिलगायतका अधिवक्ताहरुले बिहिबार शान्तिपूर्ण जुलुस निकालेका छन् । नेपाल बार एशोसिएसनको अगाडिबाट निकालिएको जुलुस पुलचोकस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि आएर समापन भएको थियो ।

दुबै समूहको कुरा सुन्दै राष्ट्र संघका प्रतिनिधिले उच्च आयुक्तसम्म कुरा पुर्याइदिने आश्वासन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.