indrakant mishra
हुलाकी न्यूज, काठमाडौं १ भदौ । मधेशी समुदायका पत्रकारिता क्षेत्रमा धरोहर इन्द्रकान्त मिश्रको ९६ वर्षको उमेरमा सोमबार राती निधन भएको छ ।

उनको अन्त्येष्टि मंगलबार बिहान आर्यघाटमा गरिएको थियो ।

उनले आफ्नो जीवनकालमा पत्रकारहरुको हकहितका लागि आवाज उठाउँदै आएका थिए ।

मिश्र वि.सं. २०१५ सालदेखि २०५० सालसम्म ‘दैनिक नेपाल’ संस्थापक सम्पादकको रुपमा कार्यरत रहेका थिए ।

तत्कालीन नेपाल पत्रकार संघको महामन्त्री, कोषाध्यक्ष र प्रेस काउन्सिलको दुई कार्यकाल सदस्य पदमा आसिन भई नेपाली पत्रकारिताको व्यावसायिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

मिश्र आफ्नो जीवन अवधिमा दुई पटक जेल यातना र तीन पटकसम्म पत्रिकामाथि प्रतिबन्ध खेपेका थिए भने वि.सं.२०५० देखि विघटन नहुन्जेलसम्म राजपरिषद सदस्य पनि रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.