
हुलाकी न्यूज, काठमाडौं १ भदौ । छिमेकी मित्रराष्ट्र भारतको ७०औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत महिला मैत्री समाजले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार समाजले काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमको मुख्य नेपालका लागि भारतीय राजदूत रन्जित राय रहेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा डा. आभाष लाभसहितले गायन प्रस्तुत गरेका थिए भने विभिन्न युवतीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष चन्दा चौधरीले गरेकी थिइन् भने सञ्चालन कञ्चना झाले गरेकी थिइन् ।



