meeting
हुलाकी न्यूज, ३२ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनका नेताहरुले सीमांकनको विवाद नमिलेसम्म कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुन नसक्ने दाबी गरेका छन् ।

स्थानीय तहको चुनावमा साझा धारणा बनाउनका लागि सिंहदरबारमा मंगलबार भएको चारपक्षीय बैठकमा मोर्चाका नेताहरुले सो धारणा राखेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले स्थानीय तह पूनर्संरचनाको प्रतिवेदन पेश गर्ने कार्यतालिकालाई २ हप्ताका लागि थप गर्ने समझदारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले चैत्रभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै संविधानको संशोधन र कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.