रबिन्द्र प्रताप गुप्ता, भैरहवा ३२ साउन । विभिन्न कारणले स्वास्थ्य संस्था सम्म जान नसक्ने दन्त रोग सम्बन्धि समस्या भएका विरामीहरुलाई लक्षित गर्दै तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स ) क्ष्ँत्रीय कार्यालय भैरहवाको आयोजना तथा युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाको सहयोगमा रुपन्देहीको मानमटेरिया गाविस वडा नं. ९ स्थित गुरुवलिया माध्यमिक विद्यालयमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

मेडिकल कलेजका दन्त रोग विशेषज्ञ डा.मनु बत्राको नेतृत्वमा गएका ८ जना चिकित्सक तथा अस्पतालको दन्त रोग विभागमा अभ्यासरत विद्यार्थीहरुको टोलीले उक्त शिविरमा दन्त रोग सम्बन्धि विभिन्न प्रकारका विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा मानमटेरिया गाविसका बालबालिका तथा महिलाहरुको दाँत परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरले जानकारी दिए ।

उनले रुपन्देही जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा दन्त रोग सम्बन्धि समस्या भएका विरामीहरुको निशुल्क रुपमा उपचार गर्ने उद्धेश्यले थर्ड एलायन्सको अनुरोधमा भैरहवा मेडिकल कलेजका डाक्टरहरुको सहयोगद्धारा शिविर आयोजना गरिएको र आगामी दिनहरुमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।

त्यसै गरी थर्ड एलायन्सको यस पूनित कार्यले सबैलाई गौरवान्दित तुल्याएको गरुवलिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पाण्डेले बताए ।

शिविरमा करिब २०० जना महिला तथा बालबालिकाहरुको दाँत परीक्षण गरिएको डा.सुवास गुप्ताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.