अंकुश श्री, कपिलवस्तु ३२ साउन । स्व.श्रीमती वक्तावरी देवी गोयल कल्याणकारी ट्रष्टद्वारा आयोजित शैक्षिक कार्यक्रम तथा उद्घाटन समारोह कृष्णनगरमा सम्पन्न भएको छ ।
महेन्द्र उच्च माविमा आयोजन गरिएको कार्यक्रममा ट्रष्टका उपाध्यक्ष तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक विश्वनाथ गोयलले कपिलबस्तु जिल्ला कुल ९ जना अवकाश प्राप्त शिक्षकद्वयलाई सम्मानित गरेका हुन ।
सम्मानित हुनेमा शिक्षक घनश्यामदेव पाण्डेय, परमात्मा चौधरी, रामदास चौहान, राधेश्याम चौधरी, श्रीराम पासी, बिष्णुभक्त धन्नजय, मुन्नालाल श्रीवास्तव, बिष्णु प्रसाद गुप्ता, प्रेम चन्द्र मिश्र तथा कार्यरत प्रअ अनिल कुमार श्रीवास्तव रहेका थिए ।
उपाध्यक्ष गोयलले विद्यालयका २५ विपन्न विद्यार्थीहरुलाई वार्षिक छात्रवृति स्वरुप २७२५० रुपैयांको चेक विद्यालयका प्रअ अनिल श्रीवास्तवलाई स्थानान्तरण गरि लगभग ३ लाखको लागतमा पानी ट्युबेलका उद्धघाटन पनि गरेका थिए ।
साथै आउने दिनमा विद्यालय र कृष्णनगर क्षेत्रको बिकासमा सक्दो सहयोग गर्ने बाचा गरेका छन् ।
कार्यक्रमको संचालन शिक्षक रेशमलाल गैरेले गरेका थिए भने ट्रष्टका प्रतिनिधि ,शिक्षक वर्ग, व्यापारी ,उद्योग बाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख ,सघं सस्थाका प्रतिनिधि लगायत स्थानिय सर्वसाधारणहरुको उपास्थिति थियो ।



