satyanarayan bhagat
संजय सहनी, रौतहट ३२ साउन । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत बीन रौतहटको इतिहासमा मलाह जातिबाट उच्च ओहदामा पुग्ने पहिलो व्यक्ति हुन् ।

रौतहटको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित साँसद सत्यनारायण भगत बीन प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा राज्यमन्त्री नियुक्त भएपछि अहिले त्यस क्षेत्रका जनता खुशी भएका छन् ।

व्यवस्थापिका संसदमा रौतहटको क्षेत्र नम्बर ४ का नागरिकहरुको प्रतिनिधित्व गरिरहेका भगत राज्यमन्त्री बनेपछि अहिले यस क्षेत्रका जनताहरु खुशी भएका हुन् ।

रौतहटको माधोपुर गाविसमा वि.स. २०२६ सालमा जन्मेका भगत एक निम्न वर्गिय परिवारका सदस्य हुन् । रौतहटको माधोपुर गाविसका स्थायी बासिन्दा रहेका भगत २०४४ सालदेखि सक्रिय राजनीतिमा लागेका थिए ।

विभिन्न पार्टीमा सुरुमा आवद्ध भएपनि माओवादी पार्टीको स्थापनादेखि नै सक्रिय रुपमा आवद्ध भएर काम गरेका थिए । जनयुद्ध कालमा १० वर्षसम्म भूमिगत जीवन बिताएका भगत माओवादी र सरकार बिच भएको शान्ति सम्झौतामा पनि सहभागी भएका थिए ।

पार्टीमा प्रचण्ड निकट मानिने भगत एक सच्चा र कर्तव्यनिष्ठ एवम इमान्दार छविका नेता हुन् । सामान्य परिवारमा जन्मेका भगत एसएलसीसम्म मात्र अध्ययन गरेका छन् ।

उच्च शिक्षा गर्ने मन हुँदाहुँदै पनि पारिवारको आर्थिक कमजोरीका कारण उनको त्यो सपना सपनामै सीमित भएको थियो । बाल्यकालमा निकै संघर्ष गरेका उनी हालको प्रचण्ड नेतृत्वको सरकारमा पिछडावर्गको प्रतिनिधित्व गर्दै भगत राज्यमन्त्री बनेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाईलाई पुरा गर्नका लागि उनि गाउँ छेउमा रहेको बागमती नदिमा माछा मारेर समेत बेचेको उनका गाँउका स्थानीयहरुले बताएका छन् ।

सुरुदेखि नै संघर्ष गरेर पार्टीमा उचित ठाउँ बनाएका भगत अहिले रौतहटमा मलाह जातिबाट उच्च तहमा पुग्ने पहिलो व्यक्ति बनेका छन् । पार्टीमा प्रवेश गर्नुभन्दा पहिला नै वैवाहिक जीवनमा बांधिएका भगतको २ वटा छोरा र ३ वटा छोरी रहेको छ ।

विकासको मामिलामा हरेक चोटि ठगिदै आएका रौतहट जिल्लामा यसपाली विकासप्रेमी नेता राज्यमन्त्री बनेपछि अहिले रौतहटमा विकास हुने आशा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.