india1
हुलाकी न्यूज, काठमाडौं ३२ साउन । मित्रराष्ट्र भारतको ७०औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका विभिन्न संघसंस्थाहरुलाई विभिन्न किसिमका उपहारहरु प्रदान गरिएको छ ।

काठाडौस्थित भारतीय राजदूतावास परिसरमा भारतको स्वतन्त्रतामा दिवसको अवसरमा आयोजित एक सार्वजनिक समारोहकाबीच भारतको ७० औं स्वतन्त्रता दिवस मनाइएको छ ।

उक्त अवसरमा भारतका राजदूत रणजीत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।

उक्त सन्देशमा छिमेकमा शान्ति र स्थायीत्वका लागि भारतको सहयोगमा जोड दिइएको थियो । राजदूतले उक्त अवसरमा भारतीय सेनाका भूपू सैनिकका चौध जना विधवा, आश्रित तथा शारीरिक रुपले अशक्तभूपू सैनिकहरुलाई चार करोड रुपैयाँको चेक तथा कम्बल समेत वितरण गरे ।

यसको साथै राजदूतले नेपालका दुर्गमसहित विभिन्न स्थानमा रहेका ५९वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरेका छन् ।

उक्त अवसरमा नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक संघसंस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक तथा स्वास्थ्य सेवा उन्नयनको लागि ४०वटा एम्बुलेन्स र ८ वटा बस समेत उपहार स्वरुप प्रदान गरियो ।

नेपालको विकासको लागि भारतको निरन्तर सहयोगस्वरुप राजदूत रायले ३६ वटा एम्बुलेन्स र ६ वटा बस तथा बाँकि चरवटा एम्बुलेन्स तथा दुईवटा बस वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले उपहार स्वरुप प्रदान गरे ।

कार्यक्रममा सत्तरी वटा योजना माथि प्रकाश पार्ने एउटा छोटो चलचित्र पनि प्रदर्शन गरिएको थियो जसमा भारत सरकारले विमोचन गरेको कार्यक्रम र भारतीय विदेश मन्त्रालयको सार्वजनिक सेवा योजना ‘मदद’ पनि समावेश गरिएका थिए ।

उक्त कार्यक्रममा १२ र १३ अगष्टमा जनकपुरमा “रामायण सर्किट कला वर्कशप” सम्पन्नगर्ने पाँचजना भारतीय र सात जना नेपाली गरी बाह्र जना कलाकारहरुलाई सम्मान पनि गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.