Rakchharam_harijan
हुलाकी न्यूज, काठमाडौं ३१ साउन ।
न्यायका लागि विभिन्न समयमा आवाज उठाउँदै आएका मधेशी दलित समुदायका रक्षाराम हरिजन(चमार)लाई ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल सम्मान’ प्रदान गरिएको छ ।

दलित अधिकारकर्मी सुभाष दर्नालको स्मृतिमा स्थापित उक्त पुरस्कार कपिलवस्तु घरभई काठमाडौंस्थित तराई मानव अधिकार रक्षक सञ्जालमा आवद्ध हरिजनलाई उक्त पुस्रकार दिइएको हो ।

सीमान्तकृत मधेशी दलित किसान परिवारमा जन्मेका २८ वर्षीया हरिजनलाई दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएबापत स्व.दर्नालकी आमा सरिता, दलित आन्दोलनका अगुवा पदम सुन्दास र शक्ति समूह नेपालका संस्थापक सदस्य चरीमाया तामाङले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका छन् ।

दर्नालको पाँचौँ वार्षिक स्मृतिका अवसरमा जागरण मिडिया सेन्टर र सरिता परियार ट्रस्ट फन्डले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रु पाँच लाख राशीको सो सम्मान प्रदान गरिएको हो ।

दर्नालको २०६८ साल साउन ३० गते अमेरिकामा कार दुर्घटनामा परी निधन भएको थियो । दर्नाल सेन्टरका अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)का संस्थापक अध्यक्ष तथा समता फाउन्डेसनका कार्यकारी निर्देशक समेत थिए ।

Darnal_Award__for_Social_Justice-4-

सम्मान पाएपछि हरिजनको भनाई

सर्वप्रथम म दलित आन्दोलनका अविष्मरणीय योद्धा स्वर्गीय श्री सुभाष दर्नालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो सामाजिक न्यायका लागि दर्नाल एवार्ड सहर्ष स्वीकार गर्दछु । मलाई यो सम्मानित पुरस्कारको लागि योग्य ठहर गरेकोमा दर्नाल एवार्ड समितिलाई हार्दिक धन्यवाद दिन्छु । म यस एवार्डलाई सम्पूर्ण दलित समुदायप्रति समर्पित गर्न चाहन्छु ।

आजको यो क्षणमा म अरुको घरखेतमा हलि बसेर भएपनि मलाई पढ्न र सामाजिक न्यायको क्षेत्रमा अग्रसर हुन सधैं उत्प्ररित गर्नुहुने मेरा बुवालाई हृदयदेखि नै धन्यवादन दिन्छु । उहाँहले सामाजिक उत्थान, विभेद विरुद्धको हरेक कार्यलाई सहयोग र समर्थन गर्नु भयो । यो विशेष क्षणमा मलाई डाहोे¥याएर यहाँसम्म आउनका लागि अभिभावकत्व प्रदान गर्ने थर्ड एलायन्स र यसका पुर्व अध्यक्ष अधिवक्ता दिपेन्द्र झालाई हृदयदेखि धन्यवाद दिन चाहन्छ ।

स्वर्गीय सुभाष दर्नाल ज्युले छुवाछुतविरुद्ध गरेको कार्य सह्राहनीय छ । उहाँको लक्ष्य पूरा गर्नमा समेत आफूलाई पूर्ण रुपमा समर्पित गर्नेछु । नेपालमा विद्यमान असमानता, विभेद, छुवाछुत लगायतका कुरिती तथा कुसंगतिहरु हटाउन उहाँले सानै उमेरमा गरेको योगदान आम सामाजिक न्यायका अभियन्ताहरुका लागि प्रेरणाको स्रोत पनि हो ।

नेपालको दलित आन्दोलनमा अहिले पनि धेरै खाडलहरु रहेका छन् । दलित भित्रको विभेद, एकअर्का बिच सहअस्तित्वको अभाव, मधेसी दलित र महिलालाई समग्र राज्यले गरेको विभेद रहँदासम्म सामाजिक न्याय र समतामूलक समाजको परिकल्पना गर्न सकिँदैन । यो पुरस्कारले यस कार्यमा मलाई थप जिम्मेवार बनाएको छ ।

दलित आन्दोलनको अन्तिम लक्ष्य प्रत्येक व्यक्ति सम्मान र स्वाभिमानसाथ बाँच्न पाउनु नै हो । तसर्थ मैले यस कार्यलाई तराइ मधेशमा रहेका दलित युवाहरुलाई गोलबन्द गरी प्राज्ञिक बहसमार्फत् समग्र दलित आन्दोलनलाई अझ सशक्त तथा अलग तरिकाले लैजाने प्रयत्न गरिरहेका छौ । यस कार्यमा यहाँको सहयोग, सहकार्य र सल्लाहको अपेक्षा समेत गर्दछाँै । यो अवार्डको केही राशी सामाजिक न्याय र समताको लागि दलित युवाहरुलाई “कानुन अध्ययनमा” समेत सहयोग गर्ने योजना बनाएको छु । यसका लागि तपाइँका सहयोगी हातहरुको अपेक्षा गर्दछु । जातीय विभेद, छुवाछुत, असमावेशी, असमानताका विरुद्ध सदैव अदालतको ढोका ढक्ढकाउने मेरो जिवन प्रयन्त अभियान हुनेछ । तस्बिर : दलित अनलाईनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.