हुलाकी न्यूज,  बिराटनगर, ३१ श्रावण ।  बिराटनगरमा आइातवर, लियो परिचय, उत्प्रेरणा, नेतृत्व तथा सकारात्मक सोचाइ विकास तालिम (Introduction, Youth Positive Thinking, Motivation and Leadership Training)सम्पन्न भएको छ । कार्यक्रम ८ अगस्ट देखि १४ अगस्टसम्म रहेको थियो । अन्तराष्ट्रिय युवा दिवस (१२ अगस्ट) को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लियो क्लव ३२५ ए.वान.रिजन ३ तथा इटहरी सुनसरी लियो क्लवले ‘लियो परिचय, उत्प्रेरणा, नेतृत्व तथा सकरात्मक सोच बिकास’ तालीम सम्पन्न गरेको छ ।

13920645_1092256120811553_7736199243568865123_n

युवाहरुमा नकरात्मक सोचाई बढ्दै गएकाले सकरात्मक सोचाईको बिकास गरी सामाजिक र दैवी विपत्तीमा सेवा सहयोगका निम्ति असल नेतृत्व निर्माण गर्न उत्प्रेरणा मिलोस भनी तालिमको आयोजना गरीएको, वर्तमान अध्यक्ष लियो युवराज काफ्लेले बताउनु भयो । कार्यक्रम संयोजक लियो विकल रेग्मीले युवाहरुलाई समाजको हरेक क्षेत्रमा नेतृत्व वहन गर्न सिकाउदै आफ्नो क्षमतामा बृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको र त्यसका लागी लियो क्लव एउटा प्लेटफर्म रहेको हुँदा यस अभियानमा सरिक हुन सवै युवाहरूलाई आह्वान समेत गर्नु भयो।

14018046_1093877057316126_613309879_n

व्यक्तिगत जीवनमा कसरी अघि बढ्ने, नेतृत्व भनेको के हो, कसरी नेतृत्व वहन गर्ने, सकरात्मक सोचको विकाश कसरी गर्ने र समाजमा युवावर्गले नेतृत्व लिंदै समाजमा कस्तो भुमिका खेल्ने लगायतका विषयमा प्रशिक्षण गराईएको थियो । लियो सुजन पुरीको अध्यक्षतामा सम्पन्न तालिममा लियो ३२५ ए.वान.अध्यक्ष्य चाँद बाबु इराकीले शुभकामना मन्तव्य राख्दै सेवा गर्ने हातहरू समाजमा बढे मात्र समाज समृद्द बन्ने धारणा राख्नु भयो।

13892077_1092256040811561_3726663698388625417_n

लायन महेश पौडेल, लियो मल्टिपलका पुर्व अध्यक्ष्य लायन कैलाश खाकी श्रेष्ठ तथा लियो ३२५ ए.वान.का पुर्व अध्यक्ष्य लायन संगमदिप श्रेष्ठ प्रशिक्षक थिए । सो कार्यक्रमा ईटहरी सुनसरी लियोका पुर्व अध्यक्ष्य लायन राजन सुवेदी, पुर्व अध्यक्ष्य लियो अरुण खड्का, उध्योग बाणिज्य संघ इटहरीकी सदस्य लायन रञ्जु शिग्देल अतिथी रहनु भएको थियो। ईटहरी ८ स्थित युवा विकाश केन्द्रमा सम्पन्न भएको सो कार्यक्रम लियो प्रकृती गुरागाईले संन्चालन गर्नु भएको थियो । भने लियो र अन्य संघ संस्थाबाट ६० जना युवाहरूको सक्रिय सहभागीता रहेको थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.