teachers
काठमाडौं, ३१ साउन । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

अस्थायी शिक्षक समिति आन्दोलन समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजनान गरी वर्तमान शिक्षा ऐन २०७३ सच्याउन माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

समितिले आइतबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी पाँचबुँदे मागसहित दुई चरणको आन्दोलनको समेत घोषणा गरेको हो ।

समितिले भाद्र ७ गते प्रत्येक जिल्ला सदरमुकाममा ¥याली निकाली जिल्ला शिक्षा कार्यालय नजिक कोणसभा गरी दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला शिक्षा कार्यालयको मूलगेटमा आवातजावत बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, भाद्र १२ गते काठमाडौंमा सबै अस्थायी शिक्षकको उपस्थितिमा पत्रकार सम्मेलन गरी विरोध ¥याली गर्ने समितिले जनाएको छ ।

यी कार्यक्रमहरु गर्दा पनि सरकारले मागहरु सम्बोधन नगरे अझ कडा आन्दोलन गर्ने समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले चेतावनी दिएका छन् ।

शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षक सम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन कायम गरी लागू हुनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याइ स्थायी गर्नुपर्ने, शिक्षा ऐन लागू भएपछि उमेरहदको कारणले पेसाबाट अवकाशित शिक्षक र सर्वोच्च अदालतको २०६३ माघ २४ गतेको फैसलापछि कुनै पनि कारणले अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह औषधोपचार खर्च र उपदानको व्यवस्था गर्नुपर्नु माग अस्थायी शिक्षकहरुको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.