upendra yadav
हुलाकी न्यूज, महोत्तरी ३१ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारले आफूहरुको माग सम्बोधन गनरे संविधान खारेजीका लागि आन्दोलन गर्ने चेतावनी गरेका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा आइतबार आयोजित एक कार्यक्रममा यादवले कांग्रेस–माओवादी केन्द्रसँग भएको मधेशी मोर्चाको तीनबुँदे सहमतिमा आफूहरुले पहिलो बुँदा कार्यान्वयन गरिसकेको बताए ।

आफूहरुले आफ्नो वाचा पूरा गरिसकेकोले प्रचण्ड नेतृत्वको सरकार आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग गरे ।

संविधानको विषयको टुङ्गो नलगाई राज्य पुनर्संरचना आयोगको काम अगाडी नबढाउनसमेत सरकारलाई चेतावनी दिएका छन् ।

उनले हाम्रो मागगलाई सम्बोधन गर्ने गरी संविधान संशोधन नगरिए आफूहरु संविधान खारेजीको माग अगाडि बढाउने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.