हुलाकी न्यूज, काठमाडौं ३० साउन । तराई मधेश सद्भावना पार्टी नेपालका सहअध्यक्ष रामचन्द्र कुशवाहालाई पार्टीबाट निष्काशन गरिएको छ ।

पार्टी अध्यक्ष महेन्द्र यादव र सहअध्यक्षबीचको द्वन्द्वका कारण पर्सा जिल्ला कार्यसमितिले नै राजीनामा गरेपछि कुशवाहालाई पार्टीबाट निष्काशन गरिएको स्रोतको दाबी छ ।

तमसपाका अध्यक्ष यादवले शनिबार एक विज्ञप्ति जारी गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पूर्वशिक्षामन्त्रीसमेत रहेका कुशवाहालाई पदमुक्त गरिएको जनाएका छन् ।

कुशवाहा जिम्मेवार पदमा रही पदीय आचरण निर्वाह नगरी पार्टीको हित र प्रतिष्ठा विपरीत कार्यमा संलग्न रहेको आरोप शनिबार तमसपाको बेठकले लगाएको छ ।

मधेश एवं संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मर्म, भावना र लक्ष्य विपरीत कार्य गरेको आरोप लगाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.