हुलाकी न्यूज, जनकपुरधाम ३० साउन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको प्रदेश तदर्थ समिति गठन भएको छ ।

जनकपुरमा सम्पन्न तराई–मधेश प्रदेश भेलाले पूर्वमन्त्री रेणुकुमारी यादवको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको छ ।

पूर्व झापादेखि चितवनसम्मका १२ जिल्लाको प्रतिनिधिको सहभागिता रहेको तराई–मधेश प्रदेश भेलाले ६ महिना भित्र प्रदेश अधिवेशन सम्पन्न गराउने अभिभारा दिँदै सर्वसम्मतबाट उक्त तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुरेश भट्टराई मोरङ, मुख्यसचिवमा शम्भू झा सप्तरी, सचिवमा सल्लाउदिन मोहम्मद पर्सालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा राम विलास यादव मोरंग, रामबाबु यादव बारा, रामकिशोर यादव बारा, नागेन्द्र यादव महोत्तरी, कृष्ण शंकर साह महोत्तरी, उर्मिला साह धनुषा, अशोक यादव सर्लाही, शेषनारायण यादव धनुषा, अरुण सिंह मण्डल धनुषा, भागिरथ खत्वे सुनसरी, सविता यादव सुनसरी, तेजनारायण चौधरी सुनसरी, राघवेन्द्र झा रौतहट, रम्भा देवी रौतहट, शोभा देवी साह रौतटह, वृजकिशोर यादव रौतहट, सदानन्द यादव मोरंग, महराज यादव पर्सा, मदन चौहान पर्सा, युसुफ अली सप्तरी, राधेश्याम पण्डित सप्तरी, सुखराम यादव सप्तरी, सुरेन्द्र प्रसाद यादव सिरहा, रामचरित्र साह सिरहा, सुनिता राम सिरहा, दीपनारायण मण्डल महोत्तरी, शंकर प्रसाद राजवंशी झापा, दुर्जन राजवंशी झापा, पवन कुमार व्याहुत बारा, उषा यादव बारा, धर्मेन्द्र यादव बारा, चमेली देवी दास धनुषा, राम रतन यादव धनुषा, लालजी शरण यादव धनुषा, अर्जुन राम सप्तरी, गंगा लामा सर्लाही, लक्ष्मी चौधरी सप्तरी, गंगाधर प्रसाद साह रौतटह सहितका रहेका छन् ।

समितिमा खाली रहेको दुई उपाध्यक्ष, एक सचिव र कोषाध्यक्ष लगायतका अन्य सदस्यहरु केही दिन भित्रै मनोनयन गरिने नवनिर्वा्िचत समितिले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.