अंकुशश्री, कपिलवस्तु, ३० साउन । जिल्लाको कृष्णनगरमा आँखाका रोगीहरुका लागि निःशुल्क मोतिया बिन्दु शिविर सम्पन्न भएको छ ।
स्वः श्रीमति वक्तावती देवी गोयल कल्याणकारी ट्रष्टको सहयोग तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाको आयोजनामा कृष्णनगर स्थित महेन्द्र उच्च माविमा आंखाको निशुल्क जांच तथा आप्रसेनको व्यवस्था गरिएको थियो ।
सो ट्रष्टको सहयोगमा कपिलबस्तु जिल्लाका सरकारी बिध्यालय स्तरिय शिविर लगाउने योजना रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका प्रबधंक सागर प्रताप राणाले बताए ।
त्यस्तै, ट्रस्टका उपाध्यक्ष तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक विश्वनाथ गोयलले भने, यदि नेत्र विज्ञान अध्ययन संस्थानले आँखा अस्पताल बनाउन चाहेमा आवश्यक जग्गा पनि ब्यवस्था गराउन सकिन्छ, साथै कृष्णनगर मेरो जन्मभूमि रहेको कारण हाथेमालो गरि यसको विकासमा सक्दो सहयोग गर्ने बताए ।
शिविरमा ३२० जनाले चेकअप गराएका थिए जसमा मात्र ५२ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने जानकारी नेत्र अधिकृत मुकेश कुमार सिंहले दिए ।
उपाध्यक्ष गोयलले कार्यक्रममै ट्रष्टमार्फत् विद्यालयमा स्वच्छ पानीका लागि डीप बोरिङको उद्घाटन पनि गरेका थिए ।
शिविर सफल बनाउनमा विद्यालयका प्रधानाध्यापक अनिल कुमार श्रीवास्तव, शिक्षकद्वय रेशमलाल गैरे, शेलेन्द्र श्रीवास्तव, दिलिप गुप्ता लगायत संस्थानका कर्मचारीहरुको सक्रिय भूमिका थियो ।



