CKRCLUB-1
हुलाकी न्यूज, विराटनगर २९ साउन । डा.सीके राउतका कार्यकर्ताहरुले स्वतन्त्र मधेशका लागि क्रिकेट क्लव गठन गरेका छन् ।

स्वतन्त्र मधेश गठबन्धन मोरङ्गका युवाहरुले शनिबार एक कार्यक्रमका बिच उक्त क्लवको उद्घाटनसमेत गरेका छन् ।

खेल जगतमा मधेशलाई चिन्हाउन तथा युवाहरुलाई शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउन उक्त ‘सीकेआर क्लव’ गठन गरिएको गठबन्धनले जनाएको छ ।

मधेशका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न योग्य बनाउन पनि क्लवले मदत गर्ने जनाइएको छ ।

क्लवको उद्घाटन कार्यक्रममा ‘क्रिकेट फोर फ्रेन्डस्, क्रिकेट फोरम फ्रिण्डम मधेश’ नारासहित सयौं युवाहरु सहभागी भएको गठबन्धनले जनाएको छ ।

CKRCLUB

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.