Sailendra_ambedkar
हुलाकी न्यूज, भैरहवा २९ साउन ।
तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) ले नवलपरासीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

थर्ड एलायन्सको क्षेत्रीय कार्यालय भैरहवाद्वारा संकलन गरिएको राहत समाग्री शनिबार नवलपरासी सनई गाविसका अति प्रभावित २० घर परिवारलाई वितरण गरिएको हो ।

उक्त राहत प्रहरी चौकी सनई र गाविस कार्यालय सनईको समन्वयमा सनई गाविस कार्यालयको प्रांगणमा वितरण गरिएको थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरले हुलाकी न्यूजलाई जनाएका छन् ।

राहतमा प्रत्येक परिवारलाई चामल १५ किलो, मटर २ किलो, भुजा १ किलो, नुन १ किलो, सरफ १ किलो, खाने तेल १ किलो, चाउ चाउ ६ प्याकेट र कपडा ( पाइन्ट, शर्ट, सारी, सुट) बच्चाहरुको कपडा वितरण गरिएको हो ।

लक्ष्मी गुप्तको संचालनमा भएको राहत वितरण कार्याक्रमको अम्बेडकरले गरेका थिए भने प्रहरी चौकी सनई इन्र्चाज धनेश्याम रिमाल र कोशिश टिम भैरहवाका सुभाष गुप्तको अतिथ्यतामा सम्पन्न भएको थियो ।

राहत समाग्री खरिदका लागि कुनै संघसंस्था, देश विदेशले सहायोग नभई केही व्यपारी तथा सर्व सधारणहरुबाट संकलन गरिएको अम्बेडकरले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.