Bamdev_gautam
हुलाकी न्यूज, पोखरा २९ साउन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र काँग्रेस–माओवादीबीच संविधान संशोधन गर्ने सहमति भएपनि नेकपा एमालेका नेताहरुले संविधान संशोधन हुन नदिने बताउँदै आएका छन् ।

शनिबार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको पूर्णरूपमा कार्यान्यन नभएसम्म एउटा धारा त के संविधानमा भएको कमा र फुलस्टप पनि संशोधन गर्न नदिने बताएका छन् ।

यसअघि २०४७ को संविधानको कमा र फुलस्टप पनि परिवर्तन हुन नदिने दाबी एमालेका तत्कालिन महासचिव माधव कुमार नेपालले गरेका थिए । उनले नेपाल सदभावना पार्टीले उठाएको संविधान संशोधनको संसद मै विरोध गर्दै उक्त अभिव्यक्ति दिएका थिए ।

प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले अहिले संविधानको संशोधनको कुरा उठिरहेको बताउदै उनले संविधानमा भएको कमा र फुलस्टप पनि संशोधन हुन नदिने बताए ।

सेतोपाटीका अनुसार संविधानमा केही संशोधन गर्नु पर्नेछ तर एमालले संविधानको पूर्ण कार्यान्यन नभएसम्म संशोधन गर्न नदिने बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी दलबीच भएको संविधान संशोधनको सहमति प्रति लक्षित गर्दै उनले संसदमा संविधान संसोधनका लागि प्रस्ताव पेस भएमा त्यसको विपक्षमा एमाले उत्रने बताए ।

संविधानले निर्धारण गरेका ७ प्रदेशमा पनि कुनै पनि प्रदेशको एक इन्च जमिन दायाँ बायाँ गर्न नदिने बताए । उनले देशलाई टुक्राउन र विखण्डन गर्ने गरी प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताए । पूर्वगृहमन्त्री समेत रहेका गौतमले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन आवश्यक रहेको बताए ।

यसअघि २०४७ को संविधानको कमा र फुलस्टप पनि परिवर्तन हुन नदिने दाबी एमालेका तत्कालिन महासचिव माधव कुमार नेपालले गरेका थिए । उनले नेपाल सदभावना पार्टीले उठाएको संविधान संशोधनको संसद मै विरोध गर्दै उक्त अभिव्यक्ति दिएका थिए ।

1 COMMENT

  1. oli le kura marfat samjhauta garna sakincha bhanchha ani ysle mildaina bhanchha sabai rakshi khai sake ka chhan.yesle todera auta rau tootdaina.china wadi harulai bharat wadi ramro laag daina.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.