
हुलाकी न्यूज, काठमाडौं २८ साउन । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई आफ्नै पार्टीका एक नेताले सार्वजनिकरुपमा कडा आलोचना गरेका छन् ।
फोरम लोकतान्त्रिकका नेता तथा सांसद जितेन्द्र देवले शुक्रबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा अध्यक्ष गच्छदारको खुलेरै आलोचना गरेका छन् ।
देवले संविधानप्रति आफ्नो पार्टीको असहमति रहेकोले जारी हुने बेलामा संविधानमा हस्ताक्षर नगर्न गच्छदारलाई आग्रह गर्दागर्दै पनि हस्ताक्षर गरेको आरोप लगाएका छन् ।
‘उहाँ (गच्छदार)ले संविधानमा गरेको हस्ताक्षरप्रति मलाई चित्त बुझेको थिएन, पार्टीलाई पनि चित्त बुझेको थिएन’ उनले भने ।



