tamasapa
हुलाकी न्यूज, पर्सा २८ साउन ।
महेन्द्र यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी नेपालको पर्सा कार्यसमितिले सामूहिक राजीनामा गरेको छ ।

तमसपाका केन्द्रीय कार्यसमितिप्रति असन्तुष्टि जनाउँदै पर्सा कार्यसमितिले राजीनामा गरेको शुक्रबार प्रेस विज्ञप्ति जारी गरी जनाइएको छ ।

तमसपाका पर्सा कार्यसमिति उपेन्द्र यादव नेतृत्व संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्न लागेको स्रोतको दाबी छ ।

पर्सा जिल्ला अध्यक्ष प्रेमचन्द्र कुशवाहाले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै सामूहिक राजीनामा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.