Kapleswar_yadav
हुलाकी न्यूज, काठमाडौं २८ साउन । मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कुनै नेतालाई नगुहारेको दाबी नेताहरुले गरेका छन् ।

सञ्चार माध्यममा आए जस्तो मोर्चाका नेताहरुलाई गच्छादारले फोन गरेको र फोन नउठाएको जस्ता विषय अफवाह मात्र रहेको फोरम लोकतान्त्रिकका युवा नेता कपलेश्वर यादवले बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता यादवले भने,‘मिडियामा आए जस्तो विजय गच्छदारले महन्थ ठाकुरलाई फोन गरेको छैन । म प्रमाणित गर्न चुनौती दिन्छु । मोर्चाका नेताहरुलाई आफ्नै लाज बचाउन धौधौ भएको छ ।’

नेता यादवले मधेशी मोर्चाले आफ्नो इजत जोगाउन तीन बुँदे सहमतिको लंगौटी बाँधेको बताउँदै त्यसभन्दा बढी मागहरु विजय गच्छदारले गरेको ८ बुँदे सहमतिमा रहेको दाबी गरे ।

आफ्नो पार्टीबाट मधेशी शब्द नै हटाएर मधेशबादी बन्दै हिडेका उपेन्द्र यादव जीहरुले घेरा बन्दी गर्दैमा फोरम लोकतान्त्रिक पछि नहट्ने नेता यादवले बताए ।

फोरम लोकतान्त्रिक अहिले पनि मधेशी जनताको माग सम्बोधन सरकारमार्फत नै गराउन तत्पर रहेको नेता यादवले दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.