
हुलाकी न्यूज, जनकपुरधाम २८ साउन । विजुलीको खम्बाबाट अचानक तार झर्दा दुई जनाको मृत्यु भएको छ ।
धनुषाको रुपैडा इदगाह चौकमा ११ हजार भोल्टेजको तार खम्बाबाट अचानक झरेको स्थानीयबासीहरु बताउँछन् । तार विना कभरको भएको र त्यस क्षेत्रमा विद्युत प्राधिकरणले नियमित चेकजाच नगर्दा तार झरेको हुन सक्ने स्थानीयबासीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
गएराती साढे दश बजे तार झर्दा सडक छेउमा रहेका १२ वर्षीय सुरज महतोको मृत्यु भएको छ । त्यस्तै सुरजमाथि तार झरेको हेर्दा बचाउन गएका ३२ वर्षीय मुरारी साहको मृत्यु भएको हो ।



