Sahid_pariwar
हुलाकी न्यूज, काठमाडौं २८ साउन ।
मधेश आन्दोलनका सम्पूर्ण सहिद तथा घाइते परिवारलाई परिचय पत्रको व्यवस्था गर्न माग गरिएको छ ।
सहिद तथा घाइतेका परिवारहरुले राज्यबाट सुविधा पाउनु पर्ने भन्दै परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

त्यस्तै, सहिद परिवारका एक जनालाई योग्यता बमोजिम सरकारी जागिरको व्यवस्था गर्न अथवा व्यापार व्यवसाय गर्न चाहनेलाई अनुदान रकम सहयोग र सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरिएको छ ।

त्यस्तै मधेश आन्दोलनमा सक्रिय जनकपुरका युवा विवेक कर्णले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा सख्त घाईते भएका परिवारको सदस्यबाट समेत एक जनालाई जागिर दिनुपर्ने माग गरेका छन् ।

कर्णले सहिद परिवारलाई सरकारद्वारा दिइएको सिमित रकमले जिविका चल्न नसकने भन्दै ठोस नीतिसहित सुविधाहरु ल्याउनु पर्ने बताएका छन् ।

उनले मधेश आन्दोलनका सहिद तथा घाइते परिवारको व्यवस्थापन गर्ने जिम्मेबारी मधेशी युवाहरुको पनि रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.