thapathali
हुलाकी न्यूज, काठमाडौं २७ साउन ।
नेपाल सरकारको आर्थिक सहयोगमा अध्ययन अध्ययापन हुने चार वटै इन्जिनियरिङ्ग कलेज मधेशीलाई पायक पर्ने ठाउँमा नरहेको भन्दै मधेशतिर सार्न माग गरिएको छ ।

सरकारको आर्थिक सहयोगमा संचालित त्रिभुवन विश्वविद्यालय अन्तर्गत चार वटा कलेजहरु मध्ये वेस्टर्न रिजनल क्याम्पस पोखरामा, ईस्टर्न रिजनल क्याम्पस धरानमा र पुल्चोक क्याम्पस(काठमाडौं) र थापाथली क्याम्पस(काठमाडौं) उपत्यका भित्र ५ किलोमिटरको दुरीमा रहेका छन् ।

मधेशी विद्यार्थीहरुले पहिलेदेखि नै इन्जिनियरिङ्ग पढ्नमा अबल रहे पनि सरकारले मधेश क्षेत्रमा इन्जिनियरिङ्ग कलेज स्थापना गरेको छैन । मधेश क्षेत्रमा इन्जिनियरिङ्ग कलेज स्थापना भए इन्जिनियरिङ्ग क्षेत्रमा मधेशी विद्यार्थीहरुले ठूलो फड्को मार्ने भन्दै ई.दिपक साहले थापाथली इन्जिनियरिङ्ग कलेज जनकपुर सार्नु पर्ने बताएका छन् ।

जनसंख्या निकै भएका मधेशका सहरहरु बिराटनगर, जनकपुर, बीरगञ्ज, नेपालगञ्जमा एउटा पनि इन्जिनियरिङ्ग कलेज स्थापनामा कुनै पहल नभएको भन्दै थापाथली इन्जिनियरिङ्ग कलेजलाई जनकपुर सार्न पहल आवश्यक रहेको ई.साहले हुलाकी न्यूजलाई बताए ।

पुलचौक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययनरत सुजिता चौधरीले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘मधेशमा एउटा पनि इन्जिनियरिङ्ग कलेज छैन । जसकारण हजारौं मधेशी विद्यार्थी इन्जिनियरिङ्ग पढ्नबाट बञ्चित छन् । हुनेखानेले मात्रै काठमाडौं वा अन्य ठाउँमा पढाउन सक्छन् नहुनेको सपना त्यसतै चुहिन्छ ।’

चौधरीले मधेशमा इन्जिनियरिङ्ग कलेज स्थापना भए महिलाहरु पनि उलेख्य मात्रामा इन्जिनियरिङ्ग पढन पाउने बताए ।

ई.साहसहित मधेशी अगुवाहरुले समाजिक सञ्जालमार्फत सुरुमा थापाथली इन्जिनियरिङ्ग कलेज जनकपुरधाममा सार्न माग गर्दै अभियान थालेका छन् ।

3 COMMENTS

  1. Good decision, i appreciate..it will leads not only madhesh but all the nation towards the path of sustainable development…

  2. Very Good decision ,I salute that all people who involved in that decisions and also government have most transfer at list one Engineering college for the all Madhesi people for higher education in Janakpur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.