
हुलाकी न्यूज, काठमाडौं २६ साउन । महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी उच्च जाति विशेषका मात्र पार्टी रहेको पुष्टि भएको आरोप उनकै पार्टीका नेताहरुले लगाएका छन् ।
बुधबार तमलोपाको पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक भएपछि युवा नेतृत्व वर्ग तथा पार्टीका लागि हमेषा कार्यरत् रहेका नेताहरुले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै एक नेताले भने, ‘हामीले तमलोपालाई समावेशी बनाउने अठोट लिएका थियौं तर, तमलोपामा पनि एउटा जातिविशेष नै हावी भयो ।’
उनले ‘महाधिवेशनमा पनि समानुपातिक समावेशीको अभ्यासमा पार्टीलाई लगेका थियौं तर हामी असफल भयौं ।’
वास्तवमै तमलोपाको केन्द्रीय कार्यसमितिमा पनि पदाधिकारीको अवस्था हेर्ने हो भने ९ जना पदाधिकारीमध्ये ६ जना उपल्लो जातका छन् भने ३ जना मात्र आदिवासी जनजाति रहेका छन् ।
तमलोपाले आफूलाई पूर्ण समावेशी रहेको जति प्रचार गरेपनि व्यवहारमा देखिदैन ।
यता, तमलोपाका अध्यक्ष ठाकुरले पार्टीलाई समावेशी बनाउने प्रयास जारी रहेका बताएका छन् ।
उनले तमलोपा समग्र मधेशीको पार्टी रहेको बताउँदै तमलोपामाथि लगाइएको आरोप गलत प्रमाण्ति भएको दाबी गर्छन् ।



