Dr.Gobind_KC
हुलाकी न्यूज, काठमाडौं २६ साउन ।
बाढी प्रभावित सप्तरीका पीडितहरुलाई उपचार गर्न डा.गोविन्द केसी गएलगतै डा.भोला रिजालसहितको टोली सप्तरी जान लागेको हो । डा.केसीले उपचार गरेकै स्थानहरुमा डा.रिजालसहितको टोली जान लागेको हो ।

बाढी पछि स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न संघ–संस्थाहरुले सप्तरीमा निःशुल्क स्वास्थ्य शिबिर चलाएका छन् । मधेशी युवा तथा संगठनहरुले हजारौं सर्वसाधारणको उपचार गरेका छन् ।

केही दिनअघि अनसनमा बसेका डा. गोविन्द केसीसहितको टोली सप्तरी पुगेको थियो । डा. केसीको विरोध गर्दै आएका डा.भोला रिजालसहितको टोली शुक्रबार सप्तरी जान लागेका हुन् ।

बाढी पीडितको स्वास्थ्य उपचारका लागी विशेषज्ञ चिकित्सकहरु आवश्यक परेको बताएपछि सप्तरी जिल्ला प्रशासन कार्यलयसंग समन्वय गरी पिडित जनतालाई राहत सामग्रीसहित स्वास्थ्य उपचारका लागी काठमाण्डौंबाट बरिष्ठ चिकित्सकहरुको टोली उपचारमा जान लागेको अर्जुन अधिकारीले बताएका छन् ।

तिलाठी गाविसको रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्हि गाउँ बढी प्रभावित भएको स्थानीयको जानकारी आएपछि बरिष्ठ चिकित्सकहरुको टोली सो क्षेत्रमा जान लागेको वरिष्ठ चिकित्सक तथा नाक, कान, घाटी रोग विशेषज्ञ डाक्टर अनील कुमार झाले बताए ।

त्यस क्षेत्रका जनतामा विशेषगरी ज्वरो आउने, कान दुख्ने, आखाँ पाक्ने, झाडापखाला, बालबालीका र गर्भवती महिलाहरुको स्वास्थ्य उपचारका लागी १५ जना बिशेषज्ञसहितको टोलि शुक्रबार सप्तरी जानेछ ।

शुक्रबार र शनिवार दुई दिनसम्म चल्ने स्वास्थ्य परीक्षणमा स्त्रीरोग बिशेषज्ञ डाक्टर भोला रिजाल, नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर अनील कुमार झा, घाँटी रोग विशेषज्ञ डाक्टर रमेश प्रसाद सिंह, दाँत रोग विशेषज्ञ डाक्टर निरज पन्तसहित बिभिन्न रोगसंग सम्बन्धीत बिशेषज्ञ चिकित्सकहरुको टोली सप्तरी जान लागेको हो । विरामीको अप्रेशन गर्नुपर्ने अवस्था देखिए काठमाण्डौंमा ल्याई निःशुल्क शल्यक्रिया गर्ने पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.