Morcha_saptari
हुलाकी न्यूज, राजविराज २६ साउन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले संख्या तथा सीमाना निर्धारण आयोगको माईनुट जलाएका छन् ।

सप्तरीको सदरमुकाम राजविराजस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार विहान आयोजित आयोगको छलफल कार्यक्रममा मोर्चाका कार्यकर्ताहरुले हस्तक्षेप गरी माईनुट जलाएका हुन् ।

संघीय समाजवादी फोरम नेपालका नेता शैलेन्द्र साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै प्रदेशको टुँगो नलागी सीमाना निर्धारण गर्न लागिएको भन्दै कार्यक्रम विथोलिएको बताए ।

नेता साहले भने,‘अहिले प्रदेशको सीमाना निर्धारणको टुँगो लागेको छैन तर भित्रको कुरा निर्धारण हुँदैछ । यो गलत हो । त्यसैले हामीले विरोध गरेका हौं । विहान सवा आठ बजेतिर छलफल बैठक सुरु भएलगतै मोर्चाले आफ्नो धारणा राखेको र त्यसपछि माईनुट जलाएको छ ।’

मोर्चाको हस्तक्षेप पछि छलफल कार्यक्रम स्थगित भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.