
हुलाकी न्यूज, गौर २६ साउन । आन्दोलन रोकिए पनि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपाललाई मधेशीहरुले कालो झण्डा देखाएका छन् ।
मंगलबार रौतहट पुगेपनि नेता नेपाल बुधबार मात्रै आफु निर्वाचित भएको क्षेत्र गौर पुगेका थिए । गौरमा पुगे लगतै मधेशी अगुवाहरुले नेता नेपाललाई कालो झण्डा देखाएका थिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले नेता नेपालको विरोध नगरेको भन्दै स्थानीय मधेशीहरुले कालो झण्डा देखाएका हुन् ।
मधेशी मोर्चाले नेता नेपालको विरोध नगरेको भन्दै स्थानीय गौरबासीहरुले मोर्चाको पनि विरोध गरेका छन् ।




