वृजराज कुशवाहा, नवलपरासी, ३१ भदौ । जिल्ला सुरक्षा समितिले नवलपरासीमा लगाउँदै आएको निषेधाज्ञा बिहिवार थप गरिएको छ । सुरक्षा समितिले थप ७ दिनका लागि निषेधाज्ञा थपेको हो ।

सात दिन थप गरिएसँगै नवलपरासीमा निषेधाज्ञाको अवधि १ महिना पुगेको छ । सम्भावित घटनाको मध्येनजर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा बिहिबार परासीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज ७ गते राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

यता, आन्दोलित संयुक्त थरुहट मधेशी मोर्चाका कार्यकताले बिहिबार फेरि निषेधाज्ञा तोडेका छन् । बिहिबार तेस्रो दिन लगातार निषेधाज्ञा तोड्दै उनीहरुले परासीको व्यस्त बजार बुद्धचोकमा टायर बालेका छन् । मोर्चाका कार्यकता तितरबितर भएपछि आएको प्रहरीले टायर उठाएर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् । मोर्चाका कार्यकर्ताले विगत ३ दिनदेखि निषेधाज्ञा तोड्दै आएको मोर्चाका संयोजक मुकुरजी गिरीले जनाएका हुन् ।

आन्दोलनरत मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र बाहिर शान्तिचौर तथा बालगोबिन्द पेट्रोलपम्पमा प्रदर्शन गरिरहेका छन् । परासी बजारलगायतका स्थानमा बन्दको प्रभाव देखिएको छ । सवारीसाधन नचलेका कारण गन्तव्यमा पुग्नका लागि यात्रुहरु पैदल र साईकलमा आवतजावत गरिरहेका छन् ।

चाडबाडका बेला ओहोरदोहोरमा समस्या उत्पन्न भएको छ । विगत ४० दिनदेखिको बन्दले जनजिवन प्रभावित बनेको छ । केही खुकुलो भएको बन्दलाई बुधबारदेखि फेरि कडा पारिएको छ । बजार तथा सवारी आवागमन फेरी ठप्प बनाइएका छन् । बन्दका कारण औषधि पसलमा औषधिको अभाव भएको छ भने अति आवश्यक दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ । कृत्रिम अभाव सिर्जना गरिएका कारण खाना पकाउने गयास पाउन छाडिएको छ ।

नवलपुरको थारु बाहुल्य कोल्हुवा, नारायणी, प्रसौनी लगायतका गाविसहरुमा तालाबन्दी गरिएको छ भने दाउन्ने पश्चिम क्षेत्रका अधिकांस गाविस कार्यालयका साथै जिल्लाका केही कार्यालयहरु समेतमा थरुहट मधेश प्रदेश सरकार लेखिएको छ ।

nawalparashi-band2

यता, बिहिबार गूठी परसौनी गाविसस्थित छोटी भनसार कार्यालयलगायतका सरकारी कार्यालयहरुमा समेत थरुहट मधेश प्रदेश सरकार लेख्ने काम भएको छ । शान्ति सुरक्षाका लागि जिल्ला प्रशासनले नगरपालिकामा गस्ती बढाएको छ ।

jilaa-prasaasan-karyalay-nawalparashi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.