aqua box
हुलाकी न्यूज, सप्तरी २६ साउन । जनकपुरका समाजसेवी युवा सरोज रायले सप्तरीका बाढीपीडितहरुलाई एक्वा बक्स वितरण गरेका छन् ।

दुई दिनदेखि लगातार राहत वितरण पश्चात मंगलबार तेस्रो दिन एक्वा बक्स वितरण गरेको जनाएका छन् ।

समाजसेवी रायले इलाका प्रहरी कार्यालय, हनुमाननगरबाट कोइलाडी, रामपुरा मलहनिया, इनर्वा, बभनगमाकट्टी, सकरपुरा, हनुमाननगरका पूर्ण घर क्षति भएका पीडितहरुलाई एक्वा बक्स वितरण गरेका छन् ।

वितरण समारोहमा इलाका प्रहरी कार्यालयका प्रमुख, स्थानीय समाजसेवी अधिवक्ता मदन मोहन चौधरी, समाजसेवी बबलु सिंह, युवा अभियन्ता अभिनव चौधरी र उनका टिम लगायतको उपस्थितिमा राहत वितरण कार्य सम्पन्न भएको जनाइएको छ ।

उनले सप्तरी बाढीपीडितका लागि शुरु गरेको अभियान ‘सप्तरी फ्लड २०१६’ मार्फत ६०८ पीडितलाई राहत सामग्री र २० जनालाई येक्वा बक्स वितरण भइसकेको जनाएका हुन् ।

२८ गते पुनः २०० परिवारका लागि राहत सामग्री काठमाडौंबाट आइराखेको र आउने शनिबारदेखि सप्तरीको विभिन्न ठाउँमा निशुल्क मेडिकल कैम्प लाग्ने सरोज रायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.