हुलाकी न्यूज, जनकपुरधाम २५ साउन । नेपाल सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मञ्च धनुषाले २६ औं स्थापना दिवसमा माछा पालनसहितका कार्यक्रम आयोजना गरेको छ ।
विहीबार २७ गते विहान ८ बजे जनक चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने २८ गते विहान ८ बजेदेखि माछा पालन र बृक्षा रोपन कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तै २९ गते ८ शनिबार विहानदेखि सरसफाई तथा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।
नेसपाका केन्द्रीय महासचिव राजिव झाले मञ्चको कार्यक्रममा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेसपा अध्यक्ष अनिल कुमार झाको फाईल तस्बिर



