Aashrun
हुलाकी न्यूज, नेपालगंज २५ साउन ।
थप दाईजो माग गर्दै १८ वर्षीया एक युवती कुटिएकी छिन् । कुटपिटबाट उनको दुबै आँखासहित शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

मंगलबार कुटपिट गर्ने श्रीमान र सासु पक्राउ परेका छन् ।

दाईजो थोरै ल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई आइतबार परिवारले निर्घात कुटपीट गरेका थिए । कुटपिट पछि आसरुन माईत गएकी थिइन ।

कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेकोले मंगलबार माइत पक्षले उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गराएका थिए ।

मेडिकल कलेजमा उपचार सम्भव नभएपछि मंगलबार साँझ भेरी अञ्चल अस्पतालमा रेफर गरिएको परिवारजनले जनाएका छन् ।

आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वर्षीय बसिम जोलहा र सासु बाबादैया जोलहालाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले बताएका छन् ।

उपचारको क्रममा आसरुनले भन्नि,‘विहे भएको दुई वर्ष हुँदा पनि श्रीमान, सासु र ससुराले पटक पटक दहेज कम ल्याएको भन्दै कुटपिट गर्दै आएका छन् । म पटक पटक माइत गएर बसे तर पनि कुटपिट रोकिएन । अस्ति लाठी र हातले कुटपिट गरे ।’

तस्बिर : कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.