Piyus_karna
ज्योती तिवारी, नयाँ दिल्ली २५ साउन ।
लण्डनमा हुन लागेको एक मोडलिङ्ग प्रतियोगितामा मधेशी युवा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दैछ ।

‘फेस आफ द वल्र्ड’ नामक प्रतियोगितामा बीरगञ्ज घर भएका पियुष कर्णले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सेप्टेम्बर १७ मा लन्डनमा हुनेछ ।

मिस्टर राजधानी नेपाल र मिस्टर कर्नाटका बेंगलोर जस्ता उपाधी हात पारिसकेका पियुषले पहिलो पटक अन्तरास्ट्रिय स्तरको ठूलो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

प्रतियोगितामा सफल हुने पियुषलाई पूर्ण बिस्वास रहेको बताउँदै भनेका छन्,‘प्रतियोगितालाई लिएर उत्सुकता त छदै छ साथै धेरै खुशी पनि छु विश्व सामु नेपालको लागि प्रतिनिधित्व गर्न पाएकोमा ।’

उनले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै कयौं संघ–संस्थाद्वारा संचालन हुने रयाम्प वाल्कमा पनि सहभागिता जनाइसकेका छन् । उनले केही स्थानीय शोहरुमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

पेशाले इन्जिनियर भए पनि मोडलिङ्ग क्षेत्रमा उनको बिशेष झुकाव रहेको छ ।

Piyus_karna_singal

फेस आफ द वल्र्ड बेलायतको एक प्रतिष्ठित प्रतियोगिता मध्ये एक हो जसमा विश्वभरीकै प्रतियोगीहरुले सहभागिता जनाउने गरेका छन् ।
लोकप्रिय मानिएको यस अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आफ्नै बिशेषता रहेको छ । यस प्रतियोगितामा विश्वभरीका प्रतिस्पर्धीहरुले आफुले मोडलिङ्ग गरेका तीन तस्वीर पठाउनुपर्ने थियो र सोही आधारमा छनोटमा पर्ने प्रावधान रहेको थियो ।

उक्त प्रतियोगीतामा विवाहित, अविवाहित, सम्बन्ध बिच्छेद भएका, नभएका जो कोहीले पनि सहभागिता जनाउन पाउनु बिशेषता रहेको छ । एउटा महिला र एउटा पुरुषका साथसाथै दुई जना किशोर पनि बिजेता बन्न पाउने छन् । यस रोचक प्रतियोगितामा धेरै थरीको अवार्ड पनि राखिएको छ । रनवे अवार्ड, फोटोग्राफिक अवार्ड्र, कमर्सियल अवार्ड, इडिटोरियल अवार्ड , हेयर एंड ब्युटी अवार्ड, पब्लिसिटी अवार्ड, च्यारिटी अवार्ड प्रमुख आकर्षणमा रहेका छन् ।

4 COMMENTS

  1. Kasto waiyat News Title!!!! Yestai patrakar le garda nai ho hami haru ekata ko bhawana hamro man mastiska bata haraudai gako!!! Kunai auta international event ma bhag lidai chha bhane ta Kamsakam NEPAL ka lekhnu ni!!! Mashes ka re!!! Thukka Buddhi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.