
हुलाकी न्यूज, काठमाडौं २५ साउन । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारबाट बाहिर राख्न नहुने तर्क उनकै पार्टीका एक नेताले गरेका छन् ।
सोमबार संसदमा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले गच्छदारलाई सरकारबाट बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने चेतावनीसमेत दिएका छन् ।
उनले फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउनुपर्ने धारणा राख्दै उनले मोर्चाले फोरम लोकतान्त्रिकलाई निषेधको व्यवहार नगर्न आग्रह गरेका छन् ।



