
हुलाकी न्यूज, काठमाडौं २५ साउन । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले तीनबुँदे सहमति कार्यान्वयन भइरहेको बताएका छन् ।
काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे कार्यान्वयनतर्फ अघि बढेको बताउँदै भने, ‘दुई बुँदे कार्यान्वयन भैसकेको छ, अब मधेश आन्दोलनमा भएको ज्यादतीको बारेमा छानविन गर्नको लागि न्यायिक समिति बन्ने कुरामा र संविधान संशोधनमार्फत हाम्रा मुद्दा सम्बोधन हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’
शान्ति प्रक्रियाको एक पक्षका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्ड प्रमुख दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री भएकोमा आफ्ना मुद्दा सम्बोधन हुनेमा मोर्चा विश्वस्त रहेको उनको भनाई थियो ।
उनले भने,‘गिरिजाबाबु अहिले हुनुहुन्न, तर शान्ति प्रक्रियाको एक महत्वपूर्ण व्यक्ति प्रचण्डजी अहिले प्रधानमन्त्री बन्नुभएको छ ।’



