saptari flood victims
हुलाकी न्यूज, सप्तरी २४ साउन । सप्तरीका दुई सय ७८ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

वर्तमान परिस्थितिमा नेपालका विभिन्न जिल्लाहरूमा बाढीका कारण देखा परेको विषम् परिस्थितिका लागि सहयोगार्थ हिसाबले स्वतन्त्र युवाहरुद्वारा थालनी गरिएको अभियान ‘सप्तरी फ्लड्स २०१६’ अन्तर्गत विभिन्न संघ–संस्थासँग सहकार्य गरी राहत संकलन गरिएको थियो ।

saptari flood victims2

राहत सामग्री यस अभियानको संयोजक सरोज कुमार रायको संयोजकत्वमा सप्तरीको विभिन्न ठाउँमा वितरण गरिएको जनाएको छ ।

२२ गते काठमाडौंबाट आएका सरोज रायको टोली बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जिल्ला प्रमुख, नेपाल प्रहरी र सशस्त्रसँग सहकार्य गरी अति विपन्न वर्गका नाम संकलन गरेका थिए ।

सोहीअनुसार आइतबार र सोमबार को–बर्साइनको सशस्त्र कैम्पबाट करिब २७८ परिवारलाई चामल १० केजी, दाल १÷५ केजी, खाने तेल १ लि., वेसार एक प्याकेट, खुर्सानी एक प्याकेट, धनिया एक प्याकेट, नुन १ केजी, विस्कुट ५ पिस, चाउचाउ २ पैकेट, भुजा १ केजी र मैट्रेस १ पिस वितरण गरिएको छ ।

saptari flood victims1

साथै केही परिवारलाई झुल, कपडा र टेन्ट पनि वितरण गरिएको समाजसेवी रायले जनाएका छन् ।

यस अभियानमा सहयोग गरेका सहयोगी संस्थाहरु को नाम यस प्रकार रहेका छन्:
1. Help Madheshi 2. ANTA (USA) 3. Sherpa Adventure Gear 4. Rotary Club Durbarmarg 5. Rotaract Districts of Neoal 6. Koshish 7. Nepal Volunteers Team 8. Sano Paaila 9. Safa Chaurasi Byanjan (Ktm)

राहत वितरण कार्यमा नेपाल प्रहरी, शसस्त्र कैम्प, स्थानीय युवा र सांसद मिथिला चौधरी बाट सरहानिय सहयोग भएका छन्। विशेष गरि सांसद मिथिला चौधरीको छोरा अभिनव चौधरी र उनका साथीहरु शुरु दिन देखि नै सहयोग गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.